सुन घट्या घट्यै, २ दिनमा मात्रै १३ सयले घट्यो

भदौ १०, काठमाडौँ – केही दिन यता ओरालो लागेको सुनको भाउ दुई दिन यता ह्वात्तै घटेको छ । केही दिन निरन्तर घटेको सुन एक साता ह्वात्तै बढेपछि फेरी मंगलबारदेखि ओरालो लाग्न थालेको हो । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुन तोलाको ५१ हजारमा किनबेचभ एको थियो भने मंगलबार ५१ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । दुई दिनको अन्तरमा सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको भाउ पनि बिहीबार तोलामा १० रुपैयाँ घटेर ६ सय ७० रुपैयाँमा किनबेच भइरहेकोमहासंघले जनाएको छ ।