संविधान समय अनुसार परिमार्जन गर्न सकिने: प्रधानमन्त्री

भदौ १०, काठमाडौँ – प्रधानमन्त्री शुसील कोईरालाले संविधान समय अनुसार परिमार्जन गर्न सकिने र अझै पनि छलफल गरेर जनताका माग समेटेर संविधान परिमार्जन गर्न सकिने भन्दै सवैलाई संविधानसभामा छलफलमा सहभागी हुन र संयम एवं मर्यादित भएर आफना भनाई राख्न आग्रह गर्नु भएको छ । संविधानसभामा प्रस्तुत नयाँ संविधानको अन्तिम परिमार्जित बिधेयक माथिको छलफलमा भाग लिदै प्रधानमन्त्री कोइरालाले संविधान सबैको बनाउने अभियानमा सबैको साथ रहन आवश्यक भएको समेत बताउनुभयो ।