आज भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने

भदौ ६, काठमाण्डौ— अण्डर १९ साफ च्याम्पियनसीप फुटबलमा आज भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ । आजको खेलमा जित हासिल गर्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।

खेल दिउँसो साढे ३ बजेपछि ललितपुरको सात दोबाटोमा हुनेछ । समूह ’ए’ अन्तर्गत हिजो भएको खेलमा बङ्गलादेशले भुटानलाई २–० ले हराएको छ । हारसँगै भूटान प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

हिजोको खेलपछि नेपाल र बङ्ंगलादेशले सेमिफाइलनको यात्रा तय गरेका छन् । समूहको विजेताका लागि आगामी भोलि नेपाल र बङ्गलादेश बीचको खेलले निर्धारण गर्छ । अहिले नेपाल र बङ्गलादेश समान तीन÷तीन अंकमा छन् र दुवैको गोल अन्तर पनि समान रहेको छ ।