साङगितिक भबिश्य बनाउदै गायक / मोडल सन्दिप न्यौपाने

 कमल न्यौपाने

युएई – नेपाली साङगितिक क्षेत्रमा लागेर टिकिरहने भन्दा पनि त्यो क्षेत्रबाट बिलय हुनेको संख्या धेरै देखिने गरेकोछ । आफ्नो गीत गाउने या अभिनय गर्ने सपना पुरा गर्नकै निम्ती यो क्षेत्रमा लाग्नेको भिड धेरै छ अहिले । निरन्तर रुपमा यो क्षेत्रमा लाग्ने भन्दा पनि आफ्नो सिमित सपना पुरा गरेर हराउने प्रचलन हाल ब्याप्त रहेकोछ । अझ पछील्लो समय त लगानी गरेर गायक / गायिका या मोडल बन्नेको एउटा लर्को नै रहेकोछ । आफ्नै लगानिमा गीत बजारमा ल्याउने र जस्मा आफ्नै स्वर अनी सकिन्छ भने आफ्नै अभिनय राख्ने चलन नै बनेको छ अहिले साङगितिक क्षेत्रमा ।

अहिले साङगितिक क्षेत्रमा निरन्तर रुपमा लागिरहने कलाकार हामीले सजिलै औल्याउन सक्छौ । ति सफल र निरन्तर रुपमा यो क्षेत्रमा लाग्ने कलाकार मध्यका एक हुन गायक तथा मोडल सन्दिप न्यौपाने । २०६२ सालदेखी साङगितिक यात्रा सुरु गरेका सन्दिपले सुरुका दिनहरुमा मेला महोत्सबमा गीत गाउने गर्दथे । थुप्रै महोत्सबहरुमा आफ्नो प्रस्तुती दिदै अघी बढेका सन्दिपले थुप्रै सफलता हासिल गरेकाछन । मेला महोत्सबमा गाउने क्रममा २०६८ सालमा सर्वोत्कृष्ट लोक दोहोरी प्रतियोगी गायकको अवार्ड समेत हासिल गरिसकेकाछन सन्दिपले । लोक दोहोरी र आधुनिक गरी ६० भन्दा बढी गीतका भिडियोमा अभिनय गरिसकेका उनी अहिले निक्कै ब्यस्त कलाकारको रुपमा छ । पछील्लो समय तीजको रमाझम लागिरहदा सन्दिपले ५ तीज गीतमा आफ्नो आवाज दिईसकेकाछन । यसपाली तीजमा देविका केसी,सहिमा श्रेष्ठ,सावित्री जोशी,सीता बिसी र देवकला बस्नेतसँग सहकार्य गरेकाछन । उनले आफुले गाएका प्राय गीतमा आँफै अभिनय गर्ने गरेकाछन । सोही अनुरुप अहिले तीजमा आफ्नो स्वर रहेको सम्पूर्ण गीतमा आँफै अभिनय गरेकाछन । गायनसंगै अभिनय यात्रामा लागिपरेका सन्दिप आफु निरन्तर रुपमा साङगितिक क्षेत्रको सम्बर्धन र प्रबर्धनमा लाग्ने बताएकाछन ।

आफुले थुप्रै गीत गाएको तर पनि दिल मेरो चोरी लग्यो पुलिसवालाले बोलको गीतले आफुलाई यो क्षेत्रमा चिनाउन सफल भएको बताउछन । मनिषा पोखरेलको घांगर चोली, अन्जु पन्तको तिम्रै यादमा भित्र भित्रै,सहिमा श्रेष्ठको यो संसार जस्ता थुप्रै सफल गीतको भिडियोमा अभिनय गरिसकेकाछन सन्दिपले । पछील्लो समय निकै ब्यस्त र आशा गरिने कलाकारको रुपमा आफुलाई चिनाउन सफल भईसकेकाछन । दाङमा आफ्नो जागिर र खाली समय मिलाएर गीत संगीतमा लागेका सन्दिप अब छिट्टै तीज लगत्तै एकनारायण भण्डारीको लय शब्दमा रहेको गीत बजारमा ल्याउने तयारीमा जुटेको समेत जानकारी गराउछन । बादलु केसै राम्रो बोलको गीत देबिका केसि र सन्दिप न्यौपानेको संयुक्त प्रस्तुती रहनेछ । सो गीतमा सन्दिप र देबिकाको स्वर रहनेछ । साङगितिक यात्रामा अघी बढीरहेका सन्दिपलाई हाम्रो तर्फबाट सफलताको शुभकामना र सधैंभ यसैगरी यो क्षेत्रमा छाईरहुन भन्न चाहन्छौ ।

भिडियो हेर्नुस
https://youtu.be/7f42Po6_4HU