फोरम लोकतान्त्रिकद्धारा आन्दोलनको तयारी

भदौ ५, काठमाडौं – मधेसी जनाधिकार फोरम, नेपाल लोकतान्त्रिकले सात प्रदेशको प्रस्तावमाथि पुनःविचार गर्न माग गर्दै आज आन्दोलनका कार्यक्रम तय गर्ने भएको छ । पार्टीको आन्तरिक बैठक र असन्तुष्ट अरु दलसँगको छलफल पछि आन्दोलनका कार्यक्रम तय गर्ने फोरम लोकतान्त्रिकले जनाएको छ ।

यसअघिको ६ प्रदेशको प्रस्तावलाई संविधान निर्माणका लागि फरक मतसहित संविधानको मस्यौदामा हस्ताक्षर गरेकामा पुनः सात प्रदेशको प्रस्ताव ल्याइनु आपत्तिजनक भएको फोरम लोकतान्त्रिकले जनाएको छ । भौगोलिक पहिचानसहितको प्रादेशिक स्वायत्ततामा आधारित मधेस तराईमा तीन प्रदेश र भौगोलिक पहिचानमा आधारित पहाडमा पाँच प्रदेश गरी कुल आठ प्रदेशको प्रस्ताव नै आजको सङ्कटमोचनको अचुक र उपयुक्त निकास भएको फोरक लोकतान्त्रिकको धारणा छ ।