इस्लामिक स्टेटका दोस्रो प्रमुख नेता मारिए

भदौ ५, काठमाडौं – इस्लामिक अतिवादी समूह इस्लामिक स्टेटका दोस्रो प्रमुख नेता मारिएका छन् । उत्तरी इराकमा गरिएको अमेरिकी आक्रमणमा दोस्रो नेता फाजिल अहमद अल ह्याली मारिएको अमेरिकाले दावी गरेको हो ।

ह्वाइटहाउसका अनुसार हाजी मुताजको नामले चिनिने ह्याली आईएसका दोस्रा नम्बरका नेता हुन् । यसै हप्ता मोसुलमा गरिएको एक हवाई आक्रमणमा उनी मारिएको अमेरिकी अधिकारीहरुको दावी छ । यसै महिना सिरियामा गरिएको आक्रमणमा पनि अर्का वरिष्ठ आईएस नेता मारिएका थिए । आईएसका नेता अबु बक्र अल बग्दादी पनि मार्चमा गरिएको आक्रमणमा परी घाइते भएका थिए । एजेन्सी