मुलुकका विभिन्न स्थानमा रातभर अविरल वर्षा, बबई र बाग्मती नदीमा बाढी

भदौ ४ ,काठमाडौँ  – मुलुकका विभिन्न स्थानमा रातभर मेघ गर्जन सहित अविरल वर्षा भएको छ । अहिले विभिन्न स्थानमा पानी परीरहेको छ । काठमाडौँको वाग्मती नदीमा पानी भरीएर सुकुम्बासी बस्तीमा पसेपछि १५ देखि २० सुकुम्बासी परिवार विस्थापीत भएको विज्ञान वातावरण मनन्त्रालयको व्यबस्थापन शाखाले जनाएको छ ।

त्यस्तै बर्दीयाको बबई नदीको पानीको सतह पनी विगतमा भन्दा ठुलो मात्रामा बढेकाले त्यस आसपासका वासीन्द्यालाई सुरक्षित स्थान तर्फ सारीएको छ । वर्षाका कारण पूर्व र पश्चिम तथा सुदुरपश्चिमका विभिन्न क्षेत्र पनि प्रभावित भएका छन् ।

यसैबिच आज पनि मुलुकका कतिपय स्थानमा अविरल वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पानी भोली पनी पर्ने र पर्सीबाट मात्रै मौसममा सुधार आउने मौसमबिध बरुण पौडेलले जानकारी दिनुभयो ।