हिन्दु धर्म तथा बेदका ज्ञाता स्वामी प्रपन्नचार्यको शुक्रबार निधन

भदौ ४ ,काठमाडौँ – स्वामी प्रपन्नचार्यको शुक्रबार निधन भएको छ । वि सं १९७९ मा पाँचथरको फिदिममा जन्मेका प्रपन्नचार्यको शुक्रबार विहान साडे ३ बजे निधन भएको हो । उनी लामो समयदेखि फोक्सोको संक्रमण र श्वासप्रश्वास रोगबाट ग्रसित रहेका थिए ।

हिन्दु धर्मका थुप्रै किताब लेखेका प्रपन्नचार्य बेदको ज्ञाता समेत हुन् । मृगस्थलीमा बस्दै आएका उनको वास्तबिक नाक काले राई भए पनि स्वामी प्रपन्नचार्यका नामले चिन्छन् ।

प्रपन्नचार्यको पार्थिव शरीरलाई आजै अन्तयष्टि गरिने बताइएको छ । विद्धान प्रपन्नचार्यलाई सरकारले आजीवन भत्ता प्रदान गर्दै निर्णय गरेको थियो । सरकारबाट उनले मासिक भत्ता ३० हजार लिँदै आएका थिए ।