यती एयरको विमान ठुलो दुर्घटनाबाट बच्यो

भदौ ३ , काठमाडौँ – भैरहवाबाट काठमाडौंका लागि उड्न लागेको यती एयरलाइन्सको विमान बिहिबार ठुलो दुर्घटनाबाट जोगीएको छ । एयरलाइन्सको नाइन एन ए जे सी विमान उडान भर्ने क्रममा धावन मार्गमा गुडीरहँदा अचानक टायर पन्चर भएपछि रनवेबाट सय मिटर पर घाँसे मैदानमा पुगेको थियो ।

विमानको टायरमा अचानक समस्या आएपछि हतारमा रोक्दा विमानमा सवार २९ यात्रुले पुर्नजिवन पाएको बताए । विमानको अन्य भागमा भने कुनै क्षती भएको छैन ।