गुन्डा नाइके कुमार घैंटेको मृत्यु, शिक्षण अस्पताल तनाब ग्रस्त

भदौ ३, काठमाडौँ – राजधानीको सामाखुसीमा प्रहरीको गोली लागेका गुन्डा नाइके कुमार घैंटेको मृत्यु भएको छ। बिहीबार बिहान साढे ११ बजे सामाखुसीको गल्कोपाखामा प्रहरीसँगको मुठभेडमा परेका घैटेलाई अस्पतालले मृत घोषणा गरेको हो । उनको छाति र तिघ्रामा गरी ८ वटा गोली लागेको थियो।

अवैध चन्दा असुली र गुन्डा गर्दीको आरोप लागेका घैंटेलाई प्रहरीले मोस्ट वान्टेट सूचीमा राखेको थियो। प्रहरी देख्नासाथ घैटेले गोली चलाएपछि प्रतिकारमा प्रहरीले गोली चलाएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए।

प्रहरीले गोली प्रहार गर्दा राजेन्द्र महर्जन र सुरेन्द्र महर्जन घाइते भएका छन्। उनीहरूको खुट्टामा गोली लागेको छ।