समुन्द्रमा फेला पर्‍यो तीनसय बर्ष पुरानो सुनको सिक्का

भदौ ३, अमेरिका – अमेरिकाको फ्लोरिडाको समुद्रमा एक गोताखोरले सुनका सिक्काहरु फेला पारेका छन् ।

अमेरिकी गोताखोर विलियम बार्ट्लेटले अटलान्टिक महासागरको किनारामा ३ सय ५० वटा सुनका सिक्का फेला पारेका हुन् ।
ती सुनका सिक्काको मूल्य ४५ लाख अमेरिकी डलर बराबरको रहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
फेला परेका सुनका सिक्का तीन सय वर्ष पहिलेका भएको बताइएको छ ।
तीन वर्ष अघि क्युबाबाट स्पेन जाँदै गरेको स्पेनिस जहाज तुफानका कारण डुब्दा सिक्का भएको बाकस नै डुबेको अनुमान छ ।
फेला परेका सिक्का अमेरिकी कानुनअनुसार २० प्रतिशत भाग फ्लोरिडाको सरकारी कोषमा दाखिला गरिने छ भने सो रकम बराबरको केही भाग गोताखोर विदियमलाई पनि दिइनेछ । (एजेन्सी)