गायक सन्जय तुम्रोकको नयाँ म्युजिक भिडियो ”तिमि बिना” (भिडियो) ….

काठमाडौं –  गायक सन्जय तुम्रोकको नयाँ म्युजिक भिडियो ”तिमि बिना”हालसालै सार्बजनिक भएको छ । ‘सेवारो’ एल्बममा संग्रहित ”तिमि बिना”मा लोकेन्द्र लेखकको शब्द रुपक चौधरीको म्युजिक र चन्दु गोर्खाली को एरेञ्जरहेको गीतलाई परफर्मिंग आर्ट क्रियशनले भिडियो निर्माण गरेको हो । भिडियोमा अहिले चर्चित मोडेल रन्जन रिजाल र सुरबिना कार्कीको मोडेलिंग रहेको छ ।

पछिल्लो समय युवा पुस्तालाइ मध्यनजर गरेर भिडियो निर्माणमा ब्यस्तरहेका कमल एक्चै मगरले निर्देशन गरेको भिडियोमा सम्पादनपनि कमलको नै रहेको छ जसमा उनले आफ्नो क्रियशनलाइ देखाउन खोजेका छन भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन । पुर्बेली गीतमा चर्चा बटुलेका गायक तुम्रोकले यो भिडियोलाइ पनि दर्शकले मन पराउने विश्वास गरेका छन ।

भिडीयो हेर्नुहोस् 

https://youtu.be/C-CWS42avIo