वन्दले पूरै सुदुरपश्चिम प्रभावीत,सवै वजार र यातायत ठप्प

राजेन्द्र रावल

साउन ३२ कैलाली – अखण्ड सुदुरपश्चिम पक्षधरले विखण्डन कारि अभीव्यक्ती दिने मधेसवादि नेतालाई सुदुर पश्चिम प्रवेसमा रोक र सुदर पश्चिम अखण्डनै हुनुपर्छ भन्ने माग राख्दै आज वाट सुरु गरेको आम हड्तालको प्रभाव पुरै सुदुर पश्चिम भरी विहानै वाट परेको छ ।

थरुहटको आन्दोलमा प्राय खुल्ले रहेने कैलालीको मध्यवर्ती क्षेत्रको वौनीया वजार आज ठप्प रहेको छ । यस्तै पासिहाडी जिल्लहरु मा हिजो सम्म स्वस्फुर्त रुपमा संचालनमा रहेको सवारिका साधनहरु आज भने ठप्प रहेका छन् । कैलाली लगायत सुदुरपश्चिम भरी का सम्पूर्ण विधालय,कल कारखाना,उधोग,यातायतका साधन ,व्यापार व्यवसाय पूर्ण रुपमा वन्द रहेका छन् ।

वन्दले प्रभाव पार्नै भयपनि यस क्षेत्रमा अखण्ड पक्षधरको हड्तालमा प्राय सवै यसै गरि वन्द गर्दै आईरहेका छन् । हामि संग कुरा गर्दै अखण्ड सुदुरपश्चिम नागरीक आन्दोलन समितीका संयोजक गोपाल देउवाले अखण्ड सुदुरपश्चिको कुरा सुनुवाई मात्र नभयर संविधानमै सुचीकृत नभय सम्म हड्तालको कार्यक्रम जारी रहने जानकारी समेत दिय । उनले अगाडी थपे थारुहटले आफ्ना कुनै पनि कार्यक्रम मघेसवादि नेताहरुलाई कैलालीमा नलयाउन र ल्यामा त्यस वाट पर्न प्रभावको जिम्मेवार आफै हुन समेत आग्रह गरे । हामिले वन्दको विकल्प अरु केहि छैन भनेर सोध्दा उहाले घुमाउरो पारामा आमहड्तालनै लगायत सम्पूर्ण कुरा ठप्प र्पानु नै विकलप भएको वताए ।