मस्यौदा कार्य दलले विधेयक तयार गर्दै

साउन २९ , काठमाडौं – संविधानको विधेयक तयार गर्न जिम्म पाएको मस्यौदा समितिले समिती अन्र्तगतको कार्यदललाई जिम्मा दिए पछि कार्यदले विधेयक तयार गर्ने काम सुरु गर्दै छन् । पाँच दिन भित्र संविधानको विधेयक तयार गर्न समय पाएको मस्यौदा समितीले हिजो कायदललाई जिम्मा दिएको थियो । समितीले दुई दिनभित्र विधेयक तयार पारी पूर्णसमितिमा पेस गर्न कार्यदललाई जिम्मा दिएको हो ।

कार्यदलले आज र भोली गरी दुई दिनभित्र संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले संविधानसभामा पेस गरेको प्रतिवेदन, संविधानसभाको निर्देशनलाई आधार मानी अन्तिम विधेयक तयार पारिने जनाईएको छ ।
यस्तै मिल्न बाँकी रहेको विषयहरु मिलाउन प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित विशेष समितिसँग आवश्यक परामर्शसमेत समितिले गर्ने जनाईएको छ ।
सङ्घीय प्रदेशको सीमाङ्कनको विषयमा प्रमुख राजनीतिक दलहरु सहमत भएपनि धर्म्निरेपक्षता राख्ने कि नराख्नेलगायतका विषयमा दलहरुबीच सहमति हुनसकेको छैन ।
यस्तै संवैधानिक निकायका प्रमुखको पुनःनियुक्ती गर्ने कि नगर्ने भन्ने विषयमा समेत दलहरुबीच अन्तिम निर्णय गर्न बाँकी रहेको छ । सभापतिलगायत समितिका सदस्यले आज र भोली प्रमुख दलका शीर्ष नेताबीच विवादित विषयलाई सल्ट्याउन सम्वाद गर्ने छ ।
मस्यौदा समितिले कानुनी तथा संवैधानिक भाषामा सम्वाद समितिले तयार पारेको प्रतिवेदनलाई अन्तिम रुप दिनेछ ।