तराई र पूर्वि नेपालका जिल्ला बन्द, जनजीवन प्रभावित

साउन २८ ,काठमाडौं – संघीय लिम्बुवान पार्टी नेपालले पूर्वी नेपालको अरुण सप्तकोसी पूर्वका नौ जिल्लासहितको लिम्बुवान राज्य माग गर्दै बन्‍द गराएको छ । बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित बनेको छ ।

लिम्बुवान राज्य दाबी गरिएको नौ जिल्लालगायत उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र भोजपुर जिल्लासहितको १ नम्बर प्रदेशको अवधारणा सार्वजनिक गरेपछि लिम्बुवान राज्यका लागि बन्द आह्‍वान गरिएको हो । बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, पाचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, धनकुटा जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

थारु समुदायका नेता कार्यकर्ताले पनि मधेसका जिल्लामा बन्द गराएका छन् । २२ जिल्लामा गरेको बन्दले जनजीवन प्रभावित बनेको छ । जिल्ला, क्षेत्र बन्दका कारण देशभरी नै जनजीवन प्रभावित भएको छ । यातायातका साधन नचलेपछि गन्तव्यमा हिडेका हजारौं सर्वसाधारण बीच बाटोमै अलपत्र परेका छन् ।