अल्काकी स्त्री रोग विशेषज्ञ डाक्टर नुतन निलम्बन

साउन २८ ,ललितपुर – नेपाल मेडिकल काउन्सीलले ललितपुरको अल्का अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्मालाई निलम्बन गरेको छ । कानुन विपरित लिङ्ग पहिचान गरी गर्भपतन गर्न प्रोत्साहन गरेको भन्दै काउन्सीलले उनलाई ३ महिनाका लागि निलम्बन गरेको हो ।

उनले गर्भपतन गर्न प्रोत्साहन गरेको भिडियोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकता केन्द्रमा उजुरी परेको थियो । डाक्टर शर्माले २ वर्ष पूरानो मुद्दा झिकेर आफूहरुमाथि ठूलै षड्यन्त्र रचिएको बताईन ।