मध्यरातमा ४ रेक्टरको भूकम्प

साउन २८ ,काठमाडौं – बिहीबार बिहान पनि भूकम्प गएको छ । बिहान १ बजेर ४९ मिनेट जादाँ काठमाडौंको रामकोट आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । ४ रेक्टरको भूकम्प गएपछि राती मानिसहरु सडकमा नै आएका थिए । गत वैशाख १२ गतेदेखि आउन शुरु गरेको भूकम्प अझै आइरहेको छ ।