बिगत दुइदिन देखि बन्द रहेको गोकर्णेश्वर-सुन्दरिजल सडक खण्ड आजबाट खुल्यो

घनश्याम श्रेष्ठ 

साउन २६, काठमाडौँ –  बिगत दुइदिन देखि स्थानिय फाइभ स्टार क्लबले आयोजना गरेको लगातार गोकर्णेश्वर- सुन्दरिजल सडक खण्ड बन्द आजबाट खुलेको छ । हिजो श्रावण २५ गते भएको मेलम्ची खाने पानी आयोजना ,फाइभ स्टार क्लब , स्थानिय प्रतिनिधि र महानगरिय प्रहरी प्रभाग गोकर्णेस्वरका इन्जार्ज बिच भएको सम्झौता पछि सडक खुलेको हो ।

नेपाल सरकारको सडक बिस्तार परियोजनामा समेत परेको राजधानिकै सबै भन्दा पुरानो सडक अबको ६ महिना भित्र २२ मिटर कायम गर्ने , मेलम्ची परियोजनाले खाल्डा खुल्टी परेको बाटो सम्याउने , ग्राभेल गर्ने , र ह्याभी इक्विपमेन्टहरु रातको बेला मात्र सडकमा गुडाउने प्रतिबद्धता ब्यक्त गरेको गरे पछि बन्द खुलेको स्थानीय बासी सरोज बस्नेतले जानकारी दिएका छन   ।

बार्तामा मेलम्ची आयोजनाको तर्फबाट इन्जिनियरहरु राम प्रसाद खरेल , माधब प्रसाद नेपाल , बर्म लाल राजभण्डारी, राम्जी लामिछाने र प्रकाश रुद्र श्रेष्ठ , क्लबका तर्फ बाट अध्यक्ष किरण केसि , उपाध्यक्ष दयाराम श्रेष्ठ , सचिब दितिल थापा अनि कोषाध्यक्ष श्रीराम श्रेष्ठको सहभाहिता रहेको थियो ।

स्थानिय प्रतिनिधिको रुपमा इन्जिनियर बिदुर कुमार थापा , श्रीकृष्ण ज्योती र महानगरीय प्रहरि प्रभाग गोकर्णेस्वरका इन्चार्ज श्यामलाल श्रेष्ठ पनि बार्तामा सहभागी थिए ।