मंगलबार सबेरै किर्तिपुर केन्द्र भएर भूकम्प गयो

साउन २६, काठमाडौँ – सोमबार राती र मंगलबार बिहान गरि २ पटक भूकम्पको धक्का महशुस भएको छ । सोमबार राती १० बजेर १२ मिनेटमा काठमाडौँ केन्द्र भएर २.६ रेक्टरको धक्का महशुस भएको थियो भने मंगलबार बिहान किर्तिपुर केन्द्रविन्दु भएर बिहान ४:२० बजे भूकम्पको ३.७ रेक्टर स्केलको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

किर्तिपुर केन्द्र भएर गएको भूकम्पले किर्तिपुर, दक्षिणकाली, बल्खु, सानेपा, कलङ्की सम्मका स्थानीय झस्किएर बाहिर निस्केका थिए । यस अघि सोमबार बिहान गोरखा केन्द्र भएर धक्का महशुस भएको थियो भने हुम्लामा नयाँ भूकम्प गएको थियो ।