टोपेन्द्र विष्टले ल्याए तीजको गीत “नाचम् नाचम्” (भिडियो सहित)

काठमाडौँ – आधुनिक गीत गाउँदै आएका गायक टोपेन्द्र विष्टले तीज नजिकिँदै गर्दा तीजको गीत युटुबमा सार्वजनिक गरेका छन् ।नाचम् न न नाचम् न बोलको गीत रोइला भाकामा छ । गीतमा मोडल मंगोलियन हेमन्त र रिचा थापा छन् ।

शिवदर्शन डिजिटल प्रालिले प्रवद्र्धन गरेको गीतमा शब्द र संगीत गीता रेउलेको छ भने एरेन्ज झलक संगीतमको रहेको छ ।

टोपेन्द्र बिष्ट र गीता रेउलेको स्वर रहेको गीत गायक विष्टको पहिलो तीज गीत हो । गीतको निर्देशक जीवन सेन्चुरीले गरेका छन् भने छायांकन बासु बरालको गरेका छन् । कार्यकारी निर्देशक गायत्री थापा हुन् ।

भिडियो हेर्नुस