बिमल अनु बिना एक्लै बाँच्न नसक्ने भएपछी ( भिडियो सहित )

कमल न्यौपाने 

युएई – नेपाली साङगितिक क्षेत्रमा थुप्रै सफल प्रस्तुती दिदै छोटो समयमै दर्शक अनी श्रोताको मन मुटुमा बस्न सफल भएको छ भावना म्युजिक सोलुसन । आधुनिक,लोक दोहोरी र अहिले तीजका गीत बजारमा प्रस्तुत गरेको भावना म्युजिकले अर्को उत्कृष्ट आधुनिक गीत बजारमा ल्याएकोछ । तिमी बिना एक्लै बाँच्न सक्ने भए बोलको आधुनिक गीत बजारमा प्रस्तुत गरेको हो ।
पछील्लो समयका सफल अनी ब्यस्त मोडल बिमल अधिकारीको मर्मस्पर्शी शब्द रहेको उक्त गीतमा स्वर रहेको छ सुप्रसिद्ध गायक प्रमोद खरेलको । बिमलले अभिनयसङै थुप्रै गीतका शब्द समेत निर्माण गरिसकेकाछन । बिमलका शब्द रहेका प्राय सबै गीत चर्चाको शिखरमा छन । तिमी बिना एक्लै बाँच्न सक्ने भए बोलको गीतमा निकै मेहेनतका साथ संगीत गरेकाछन सन्तोष के.सीले । बिमल अधिकारी र अनु शाहको अभिनय रहेको उक्त गीतको भिडियोलाई ॐ शिव फिलम्सले प्रस्तुत गरेको छ । उक्त भिडियोको निर्देशन कपिल लामाले गरेकाछन  ।

भिडियो हेर्नुस