सीमांकनका विषयमा थारु र मधेसी सभासद्को विरोध

साउन २५, काठमाडौँ – लामो समयको छलफल र सम्वाद पछि मुलुकमा ६ प्रदेश निमार्णको सहमती गरेसँगै दलहरुले संविधान निमार्णको बाटोलाई अघि बढाएका छन् । धर्म र थ्रेसहोल्डको विषय टुंगिन बाँकी भएपनि दलहरुले संविधानको मस्यौदामा नागरिकले दिएका धेरै सुझाव समेट्ने प्रयास गरेको भन्दै संविधानसभालाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले प्रारम्भिक मस्यौदा प्रतिवेदन बुझाएको छ । समितीले हिजो अबेर बुझाएको मस्यौदा प्रतिवेदन माथिको छलफल भोलीबाट संविधान सभाको बैठकमा सुरु हुने भएको छ ।

दलहरुले नागरिकको सुझाव अनुसार नै प्रदेश निमर्ण गरेको दावि गरेका छन । दलहरुले गाउँ तथान नगरपालिकाका हरेक वडामा एक वडाध्यक्ष र चार वडा सदस्यको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था मस्यौदामा उल्यख गरेका छन् ।
यसैविच प्रमुख चारदलबीच भएको संविधानको सीमांकनसहितको संविधानको विषयमा थारु र मधेसी सभासदहरुले विरोध जनाएका छन् । सहमतिमा हस्ताक्षर गरेका दलका सभासदहरु नै विपक्षमा उभिएका छन् । आज मधेस क्षेत्रका थारु र मधेसी सभासदहरुले छुट्टै छलफल गर्ने फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले जानकारी दिनुभयो । शीर्ष नेताहरुले हस्ताक्षर गरेपछि सभासदहरु सन्तुष्ट हुन नसकेको र आज सामुहिक छलफल गरेर सहमति विरुद्ध आन्दोलन घोषणा गर्ने तयारी भएको जनाईएको छ ।