‘जोस बुढीको’ गीत बजारमा

काठमाडौँ – जोस साना ठुला सबैमा बेला बखत आउने गर्छ । महिला पुरुष बालक बुढा सबैलाई कुनै न कुनै प्रकारको जोस आउने गर्छ । अब हामी सबैले फरक जोस देख्न पाउने भएका छौ । यो ‘जोस बुढीको’ हो । अब छिट्टै बजारमा आउन लागेको जोस बुढीको मा रण बहादुर बि. क. को लय तथा शब्दमा राधिका हमाल र रण बहादुर बि. क. को आवाज सुन्न पाईनेछ भने जीवन बम र सरिना को धमाकेदार अभिनय देख्न पाईनेछ ।

नजिकिदै गरेको तिज र तिजमा हुने महिलाहरुको जोसलाई समेटेर दाङबाट काठमाडौं अाई यो ‘जोस बुढीको’ कस्तो हुन्छ देखाउदै छन रण बहादुर बि. क. ले । निर्देशक रुपेश उप्रेतिले निर्देशन् गरेको यो गीतको छायाङ्कन जनक राज अधिकारिले गरेका हुन । सुर श्रिङ्गार प्रा. लि. को निर्माण मा बनेको उक्त गीतको भिडियो अबको केहीदिन मै बजारमा आउने छ ।