बुरुण्डीमा एकजना प्रभावशाली वरिष्ठ सैनिक अधिकारीको हत्या

साउन १८ , बुरुण्डी – बुरुण्डीको राजधानी बुजुम्बुरामा एकजना प्रभावशाली वरिष्ठ सैनिक अधिकारीको हत्या भएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार बिहान सबेरै राजधानी बुजुम्बुराको उत्तरपूर्वी क्षेत्रमा रहेको सडकको चौबाटोमा जेनरल एडोल्फ एनशीमीरीमाना चढेको कारमा बन्दुकधारीहरुले गोली प्रहार गरेका थिए । हमलामा उहाँका एकजना अंगरक्षक पनि मारिएको वीवीसीले जनाएको छ ।

देशको गुप्तचर निकायका भूतपूर्व प्रमुख समेत रहेको लेफ्टीनेन्ट जेनरल एडोल्फ एनशीमीरीमाना राष्ट्रपति पीएर एनकुरुन्जीजाका निकट सहयोगी थिए । हमला भएको क्षेत्रलाई सुरक्षा सैन्यले घेराबन्दीमा राखेका छन । गत नोभेम्बर महिनामा उहाँलाई गुप्तचर प्रमुखको पदबाट हटाइएको भए पनि बुरुण्डीमा उनलाई देशका एकजना शक्तिशाली व्यक्तिका रुपमा हेरिन्थ्यो ।