आज गुरूपूर्णिमा, गुरु मानेका व्यक्तिहरुको सम्मान आदर र सम्झना गर्ने परम्परा

साउन १५, काठमाण्डौ-आज गुरूपूर्णिमा, गुरुको सम्मान गर्ने दिन आज सबै जना आफुले गुरु मानेका व्यक्तिहरुको  सम्मान आदर र सम्झना गर्ने परम्परा रहेको छ । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्नु भएकोले ‘गुरु’ले अन्धकार जस्तो अज्ञानतालाई नष्टगरि ज्ञानको उज्यालो प्रदान गर्छन।
शैक्षिक क्षेत्रमा भएको ब्यापक ब्यापारिकरणले आजका धेरै गुरुहरू नाममात्रका गुरु भए पनि जीवननै परिवर्तन गरिदिन सहयोग गर्ने सच्चा गुरुको अझै पनि अनिकाल नपरेको बिध्यार्थीहरु बताउछन ।

आज गुरूपूर्णिमा