आज साउन १५ अर्थात खीर खाने दिन

साउन १५, काठमाण्डौ-आज साउन १५ अर्थात खीर खाने दिन । आज देशभर खीर खाएर यो पर्व मनाइँदैछ । नेपाली संस्कृति अनुसार असारको १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाइ चलि आएको छ । नेपाल कृषिप्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषि पेशामा आश्रित रहेकाले कृषकले धान रोपेर काम सकेपछि खुसिया लीस्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद्हरुको कथन छ । साउन १५ मा खीर खाने परम्परा मध्यकालदेखि सुरुआत भएको वताइएको छ ।