आदित्य दाहालको आज स्ट्याण्डफोर्ड अस्पतालमा एमआरआई गर्ने तयारी

साउन १५, काठमाण्डौ-उपचारका लागी अमेरिका लगिएका बालक आदित्य दाहालको आज स्ट्याण्डफोर्ड अस्पतालमा एमआरआई गर्ने तयारी भएको छ ।
आदित्य संरक्षण प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मीप्रसाद प्रसाईंका अनुसार अस्पतालमा चिकित्सकहरुको टोलीले उनको स्वास्थ्य अनुसन्धान थालिसकेको र आज एमआरआई गरिने तयारी भएको हो ।
सोमबार चिकित्सकहरुले उनको सामान्य स्वास्थ्य परीक्षण गरेपछि मंगलबार अस्पताल भर्ना गरिएको हो । अस्पतालको विशेष क्याविनमा राखिएका आदित्यका साथ बुवा शेषराज र आमा ईश्वरा छन् । अमेरिकामा रहेका नेपाली संघ(संघठनहरुले आदित्यको उपचारमा निकै चासो लिइरहेका छन् । यद्यपि, अस्पतालले बाबुआमा बाहेक अरुलाई आदित्यसित भेट्न अनुमति दिएको छैन ।
आदित्यकै आग्रहअनुसार उनको आश्चर्यजनक क्षमताको विषयमा चिकित्सकहरुको टोलीलाई विस्तृत जानकारी गराइएको छैन ।