मुस्लिम धर्मावलम्बीहरु एक महिने ‘रोजा’को समापन हुँदै

साउन २, काठमाण्डौ-मुस्लिम धर्मावलम्बीहरु एक महिने ‘रोजा’को समापन गरी आज इद उल–फित्र मनाउँदैछन् । मुसलमान समुदायको एक महिने रमादान पर्व रोजा आज पूरा हुँदैछ । एक महिनाअघि सुरु गरेको मुस्लिम समुदायहरुको रमादान पर्व रोजा सकेर आकाशमा चन्द्रमा देखिएपछि विधिवत्रुपमा सम्पन्न गर्ने प्रचलन छ । रमादान पर्व सकिए लगतै तीन दिनसम्म मुस्लिम समुदायले इद पर्व धुमधामका साथ मनाउने गर्दछन् । तीन दिनसम्म मनाइने इदुल फित्र अर्थात् इद एकआपसमा भाइचाराको कामना गर्दै मनाउने गरिन्छ । यसपर्वमा मुस्लिम समुदायहरु पवित्र भइ, नयाँ–नयाँ सफा पवित्र लुगा लगाई, ‘इदग’मा गइ ‘नमाज’ पढने गर्छन् । इद उल–फित्रकै अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदाका लागि भोलि पत्र प्राप्त भएकाले भोलि बिदा दिएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो । तर मुस्लिम धर्मावलम्बीहरुले इद पर्व भने आजै मनाइ रहेका छन् । इद पर्वको दिनदेखि नै हिजरी संवतको नयाँ वर्ष सुरु हुने गर्छ ।