१५ इन्सपेक्टर डिएसपीमा बढुवा (सूचीसहित)

साउन २, काठमाडौँ – प्रहरी प्रधान कार्यालयले १५ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको सिफारिस गरेको छ ।

प्रहरी अतिक्ति महानिरीक्षक रमेशशेखर बज्राचार्यको अध्यक्षामा शुक्रबार बसेको बढुवा समितिको बैठकले राजन भुजेल, अंगुर जिसी र गोविन्दराज काफ्लेसहित १५ जनालाई डिएस्पीमा बढुवाको सिफारिस गरेको हो ।
प्रहरी प्रधान कार्र्यालयले सात जना असईलाई पनि सइमा बढुवाका लागि सिफारिस गरेको छ । प्राविधिक तर्फका कृष्णप्रसाद राना राजु दमाईसहितका सातजना असईलाई सईमा बढुवाका लागि सिफारिस गरेको हो ।
सईमा बढुवा हुन लागेका सबै असईहरु प्रहरी प्रधान कार्यालय अन्तरगत ब्यान्ड र संगीत विद्यालयमा कार्यरत छन् ।nepal-police-inspector-upgrade-dsp