भारत भ्रमणमा रहनु भएका प्रचण्ड आज गुजरात जाँदै

साउन २, काठमाण्डौ—एक साता लामो भारतमा भ्रमणमा रहनु भएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गुजरात जाँदै हुनुहुन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला गुजरातमा त्यहाँको पुनःनिर्माणका विषयमा अवलोकन गर्नुहुनेछ । गुजरातमा भूकम्पपछिको पुननिर्माणको मोडेल अध्यन गर्ने र त्यो नेपालका लागि उपयोगी हुने प्रचण्डको भनाई छ ।  भारतीय प्रधानमन्त्री मोदीको गृह जिल्ला गुजराज जाने कार्यक्रम पनि तय भएको छ ।
हिजो उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नु भएको थियो । भेटमा नेपालको संविधान निर्माण प्रक्रिाय, भारत र चीनबीचको लिपुलेक सम्झौताका विषयमा पनि छलफल भएको छ ।