नेपालले समूह चरणको अन्तिम खेल आज खेल्दै

साउन २, काठमाडौँ – भारतमा अर्को वर्ष हुने विश्वकप ट्वेन्टी–२० क्रिकेट खेल्ने संभावना निकै कमजोर बनाएको नेपालले समूहको अन्तिम खेल आज खेल्दै छ । नेपालले आज दिउँसो जर्सीसंग समुचरणको अन्तीम खेल्ने भएको हो ।

यस अघि पाँचौं खेलमा पपुवा न्यूगिनीसंग ८ विकेटको फराकिलो अन्तरले पराजित भएसंगै नेपालको भारत विश्वकप खेल्ने सम्भावना लगभग सकिएको छ ।
आयरल्याण्डको डब्लिनमा भएको खेलमा ९४ रनको झिनो चुनौती पपुवा न्यूगिनीले १४ ओभर १ बलमै २ विकेट गुमाएर पूरा गरेको हो । समुह चरणको एक मात्र खेल बाँकी रहँदा नेपाल पाँच खेलबाट ३ अंक सहित समुह एको पाँचौं स्थानमा छ ।
नेपालको विश्वकप खेल्न पाउने अब गणितीय सम्भावना मात्रै छ । नेपालले जर्सी विरुद्ध राम्रो रनरेटको जित निकालेको तथा नामिबिया र हङकङमध्ये एकले आफ्ना बाँकी दुई खेल गुमाएको अवस्थामा मात्रै नेपालको चौंथो स्थानमा भित्र रहँदै विश्वकपका लागि प्लेअफ खेल्न पाउने सम्भावना बन्ने छ ।