साउन २ काठमाण्डौ-नवलपरासीमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ जना पुगेको छ । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीका अनुसार भरतपुरस्थित नयाँ मेडिकल कलेज उपचारको क्रममा थप एक जनाको मृत्यु भएको हो ।
दुम्किबास ५ दाउन्ने स्थित विश्वकर्मा बाबाको मन्दिर नजिक यु पी ३२ डि एन ०८५४ नम्बरको भारतीय नम्बर प्लेटको ट्यांकरले दाङका लागि छुटेको ना ४ ख ५१४३ नम्बरको बसलाई ठक्कर दिँदा हिजो दुर्घटना भएको थियो ।
घटनास्थलमै ६ जना र उपचारको क्रममा ३ जनाको मृत्यु भएको छ । मृतक मध्ये मध्ये ५ जनाको सनाखत भएको छ । दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् । घाइते मध्ये २ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने ६ जनाको दुम्किबासको पर्वत मेडिकलमा उपचार भइरहेको छ ।