गर्मीजन्य रोगबाट जोगिन यी उपाय अपनाउनुहोस्

काठमाडौं – जाडोमा झैँ गर्मीमा पनि विभिन्न मौसमी रोग लाग्ने गर्दछ । गर्मीमा हुने लु ,पानीको कमी ,फूड पोइजनिंग, थकान सामान्य रोगहरु हुन् ।
केही सावधानी अपनाए यस्ता बिमारीबाट बच्न सकिन्छ ।
चिकित्सकहरुका अनुसार हट एग्जाशन गर्मीको एक प्रकारको साधारण बिमारी हो । जसको कारण शरीरको तापमान ३७ डिग्री सेल्सियस बाट ४० डिग्री सेल्सियस सम्म पुग्दछ । रिगटा लाग्ने, कमजोरी ,अत्यधिक प्यास लाग्ने, टाउको दुख्ने र छटपटी लाग्ने यस रोगको मुख्य लक्षण हुन् ।यस्तो लक्षण देखिएमा तुरुन्त पानी खुवाउनु पर्दछ । यो रोग पानीको कमीका कारण हुने गर्दछ ।
हट-स्ट्रोक हुदा शरीरको तापमान ४० डिग्री सेल्सियस सम्म बढ्छ । जसको कारण शरीरका अन्य कार्यप्रणालीले काम गर्न बिस्तारै छोडदछ । हट-स्ट्रोकमा बिमारीको शरीरको तापमान अत्यधिक बढ्दछ । यस्ता रोगका कारण छाला सुख्खा हुने , शरीरमा पानीको कमीहुने , कमजोरी महसुस हुने , श्वासप्रश्वासमा समस्या आउने र बिमारी बेहोश हुने गर्दछन् । हट-स्ट्रोकबाट बच्न अत्यधिक गर्मी हुने समयमा घरबाट बाहिर ननिस्कने ,अत्यधिक मात्रामा पानी, जूस तथा तरल पदार्थ पिउने ताकि शरीरमा पानीको कमी नहोस । हल्का खालको कपडा लगाउने।
फूड पोइयजनिंग गर्मीयाममा बढी मात्रमा हुने गर्दछ । गर्मीको समयमा खानपिनमा बढी ध्यान दिनुपर्दछ । अत्यधिक तापमानको कारण खानामा बैक्टीरीया हुनसक्छ ।जसको कारण फूड पोइयजनिंग हुनजान्छ । सडकमा खुल्लारुपमा राखिएको कुनै पनि खानेकुरा खानु हुदैन । पिउने पानी सधै घरबाट नै लिएर हिड्नुपर्छ ।

अल्ट्रा वायलेट किरण र घामबाट बच्न चश्मा र क्यापटोपी सधै प्रयोग गर्न सकिन्छ ।