लाखौं हारका बाबजुद जित्नुको मज्जा नै बेग्लै हुन्छ – डा. केसि

नेपाल पिएचडी संघका संस्थापक अध्यक्ष तथा साउथवेस्टन स्टेट कलेजका पिन्सिपल डा.राजेन्द्र केसिको सफलता सम्बन्धी किताव जीवनीको पाठशाला (विचार विकास र व्यवस्थापन) चर्चामा छ । त्यो किताब कसरि नीर्माण भयो, मानीस सफल कसरी हुन्छ र समयको ब्याबस्थापन कसरी गर्ने भन्ने विषयमा हामीले नेपाल पिएचडी संघका संस्थापक अध्यक्ष डा. केसि संग कुराकानी गरेका छौँ । प्रस्तुत छ सोहि कुराकानीको सम्पादीत अंस ।
सफलतालाई तपाई कसरी परिभाषित गर्नुहुन्छ ?
सफलता ठ्याक्कै यहि हो भन्ने परिभाषा संसारमा कहिँ पनि छैन तर सफलता प्राप्तीका लागि आफ्नो आत्माले चाहेको काम गर्नु प¥यो र त्यसलाई फरक तरिकाले गर्नु प¥यो फरक तरिकाले काम गर्दा ढुगालाई पनि मुर्ति बनाउन सकिन्छ झरिरहेको चिसो पानीलाई करेन्ट बनाउन सकिन्छ, बस काम गर्दा आफ्नो आत्माले रोजेको काम फरक तरिकाले गर्दै जाने हो भने जो पनि सफल हुन्छ असफलता कसैको निदारमा लेखेर आएको हुँदैन ।

त्यसोभए सफलताका लागि आफ्नो रुचीलाई पछ्याउनु प¥यो हैन त ?

सफलताको लागि रुचिको क्षेत्रमा लाग्नु एउटा पाटो हो र त्यहि रुचिको क्षेत्रमा लगनशिलता,इमान्दारीता जोड्दै हरेक कामलाई उत्पादन मुलक र प्रतिफलमुलक तरिकाले गर्नु पर्दछ ।

सफलता निर्धारण गर्ने मापदण्डहरु के के हुन सक्छन् ?

सफलता मापन गर्ने त्यस्तो सर्वमान्य मापदण्ड संसारमा कहि पनि छैन , मान्छे पिच्छे सफलताको अर्थ फरक हुन सक्छ, मुख्य कुरा के हो भने कुनै पनि काम गर्दा कत्तिको व्यवस्थित तरिकाले गरिएको छ । समय व्यवस्थापन भएको छकी छैन, त्यसले सफलता प्राप्त हुन्छकी हुदैन भनेर बुझ्न सकिन्छ । प्रकृतीले सवैलाई समान रुपमा दिनमा २४ घण्टा समय दिएको छ । कसैले यहि २४ घण्टामा सारा विश्वको नेतृत्व गरिरहेका छन्, कसैले आफ्नो परिवार त के आफै पनि राम्रो सँग चल्न सकिरहेका छैनन् ।
यो सबै समय व्यवस्थापन गर्ने तरिकाले हुने हो । त्यस्तै आफुले सफल हुन खोजेको क्षेत्रको आदर्श पात्र खोजी गर्न सक्नु प¥यो । मानौं यदि कोहि अन्तर्राष्ट्रिय स्तरको पत्रकार बन्न चाहन्छ भने त्यस्ता ख्याती पाईसकेका पत्रकारहरु को को छन् ? उनीहरु कसरी सफल भए उनीहरु के खान्छन् ? के पिउछन् ? कसरी हिड्छन् के के गर्छन सबैकुरा हरु पत्ता लगाउनु प¥यो । जसले गर्दा त्यो क्षेत्रमा अगाडी बढ्न सहयोग पुग्छ । यस्ता धेरै कुराहरु सफलता सँग जोडिन्छ ।

विजेतासँग फरक कुरा हुन्छ ?

विजेतासँग हरेक चिजलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । उनीहरु आफ्नो रुचीको क्षेत्रलाई पेशा बनाउँछन् र कर्म मै रमाउँछन्,कामलाई पुजा गर्छन र अगाडी बढ्छन्, काम जस्तो होस् तर फरक तरिकाले गर्छन् र सफल हुन्छन् ।

सफलताको लागि सपनाको कत्तिको महत्व छ ?

सफलताको लागि सपना एकदमै जरुरी छ । सपनाले आफ्नो गन्तव्य पहिल्याउन सहयोग गर्छ , सपना मात्रै देखेर भएन त्यसलाई पुरा गर्ने लक्ष्य निर्धारण हुनु प¥यो र त्यसलाई दिनप्रतिदिन कार्यान्वयन गर्दै जानु पर्छ तव मात्र सपना देख्नुको मजा हुन्छ ।

सपना कसरी सजाउने र कस्तो सजाउने ?

सपना जहिले पनि ठुलो देख्नु पर्छ र त्यसलाई पछ्याउनु पर्छ महाकवि लक्ष्मी प्रसाद देवकोटाले पनि भन्नु भएको छ उद्देश्य के लिनु उडि छुनु चन्द्र एक, हामीले एउटा ठुलो सपना सजाईसके पछि विचमा आएका सानातिना कुराहरुमा अल्झिनु हुँदैन आफ्नो लक्ष्यमा अर्जुन दृष्टि लगाएर अगाडी बढ्नुपर्छ । तपाईलाई हाम्रै नेपाल कै केहि राजनितिज्ञहरुको उदाहरण दिउँ जो कहिल्यै पनि मन्त्री बनेनन् सिधै प्रधान मन्त्री बने उनीहरुसँग सपना थियो कि जसरी पनि प्रधानमन्त्री बन्छु, मन्त्रीमा अल्झिएनन् त्यसैले उनीहरु सिधै प्रधानमन्त्री बने ।

कहिले काँही धेरै महत्वकांक्षी सपना बनाउँदा त्यो पुरा भएन भने उल्टो फ्रस्टेशन पनि त हुन सक्छ नी ?

त्यसो होइन हिड्ने मान्छे नै लड्छ, पौडी खेल्ने मान्छे नै डुब्छ, पर्वतारोहणमा जाने मान्छे नै खस्छ त्यसैले सफल हुने माान्छे नै सुरुमा असफल हुन्छ तर असफल हुँर्दैमा प्रयास अन्त्य गर्नुपर्छ भन्ने हैन । जीतका लागि लागेको मान्छे हार सँग डराउनु भएन लाखौं हारका बाबजुद जितको मज्जा नै बेग्लै हुन्छ । बाघले जतिसुकै भोक लागोस् कहिल्यै घास खाँदैन पाए सिकार खान्छ नपाए भोकै बस्छ । त्सर्थ असफल हुन सकिन्छ तर असफलताका बाबजुद अगाडी बढ्दै रहने हो भने अवस्य सफलता मिल्छ ।

सफलताको लागि लक्ष्य निर्धारणको कुरा हामीले गर्यौ, कसरी गर्ने त लक्ष्य निर्धारण ?

लक्ष्य निर्धारण गर्दा ३ वटा कुरा राख्नु पर्छ short term, mid term र long term मानौं २० वर्षमा आफु कस्तो बन्ने हो भनेर यिलन long term goal seting गरिसकेपछि त्यसका लागि क्रमबद्ध रुपमा अन्य लक्ष्यहरु निर्धारण गर्नुपर्ने हुन्छ । १० वर्ष सम्ममा कस्तो बन्ने हो ,त्यसलाइ mid term लक्ष्य मान्न सकिन्छ । ५ वर्षमा मैले के के गर्न सक्छु भनेर लक्ष्य निर्धारण गर्ने हो भने त्यसलाई short term, mid term र long term मान्न सकिन्छ । हरेक कुरा चरणवद्ध रुपमा अगाडी बढ्छन् । हिड्दाखेरी एक पाईलाबाटै सुरुवाल हुन्छ, लेख्दाखेरी एक अक्षर बाटै सुरुवात हुन्छ, त्यस्तै लक्ष्य पनि क्रमबद्ध तरिकाले पुरा हँुदै जान्छ ।

सफलताका लागि समय व्यवस्थापन पनि धेरै महत्वपुर्ण छ भन्ने कुरा ग¥यौ समय व्यवस्थापन चाही कसरी गर्ने त ?

कुन समयमा आफुले कस्तो कर्म गर्नुपर्छ त्यो बुझ्न जरुरी छ । खाँदा ,बस्दा, उठ्दा, हिड्दा अफिसमा काम गर्दा कुन कामलाई कति समयमा गर्न सकिन्छ र त्यो काम कति महत्वपुर्ण छ त्यसको प्राथमिकता निर्धारण गरेर समय व्यवस्थापन गर्न सकिन्छ । एउटा ८० र २० को सिद्धान्त छ । कसैले २० प्रतिशत शक्ति लगाएर ८० प्रतिशत रिजल्ट निकाल्छन् । कसैले ८० प्रतिशत शक्ति लगाएर २० प्रतिशत रिजल्ट निकाल्छन् । यो सबै समय व्यवस्थापनको करामत हो । तसर्थ सहि समयमा सहि काम छनोट गरेर सहि तरिकाले काम ग¥यौ भने समय व्यवस्थापन गर्न सकिन्छ ।

सफलताको लागि बानीको कस्तो स्थान रहन्छ ?

राम्रो बानीले सफलता तिर लान्छ भने नराम्रो बानीले असफलता तिर लैजान्छ , राम्रो बानी या नराम्रो बानी दुईटै आफैले बनाउने कुरा हो , बानी मात्रै हैन, साथी संगत पनि सफलता सँग जोडिन्छ । जस्ताको संगत ग¥यो त्यस्तै बनिन्छ । तसर्थ राम्रो बानीको विकास गरेर सफलता चाहने हो भने सकरात्मक सोच भएका व्यक्तिको संगत गर्नु प¥यो ।

सफलताका लागि धेरै कुराहरु गरिए यि सबै कुरा तपाई को आफ्नो जीवनमा चाँही कत्तिको लागु भएका छन् ?

हेर्नुस् म एउटा गाउँमा हुर्केको मान्छे , त्यहाँबाट उच्च शिक्षाका लागि काठमाण्डौ आएँ । यहाँ आएर पढ्र्दै जाँदा ग्क् गएर पढ्ने मौका पनि पाए । अन्तत ः नेपाल पिएच डी एसोसियसनको सस्थापक अध्ययक्ष पनि भए साउथवेस्टन स्टेट कलेज संचालन गरेर ३०० जना भन्दा बढीलाई रोजगारी दिइरहेको छु भने ३००० भन्दा बढीले पढिरहेका छन् । नर्सरीमा भर्ना भएका विद्यार्थी पिएचडी सम्म एउटै ठाउँमा गर्न सकिन्छ । यति नै मात्र मेरो सफलता त हैन अझै धेरै गर्नु छ । त्यो भिजन म सँग छ त्यसलाई कार्यान्वयन गर्दै अगाडी बढिरहेको छु ।
म पनि कतै गएर जागिर खान सक्थे तर मैले त्यसो गरिन सुरुवातमा २३६ जना विद्यार्थी र ३५ जना कर्मचारी राखेर सुरु भएको कलेज अहिले यो अवस्थामा आईपुगेको छ । मैले संसारका धेरै सफल मान्छेका जीवनी पढे हरेकका लागि सफलताको परिभाषा फरकफरक छ, वस सफलतामा रम्न सक्नु प¥यो र अझै धेरै गर्न अगाडी बढ्नुपर्यो यहि क्रममा लामो अध्ययन र आफ्नो जीवनको अनुभव र भोगाईहरुलाई समेटेर सफल बन्न चाहनेहरुको लागि जीवनीको पाठशाला (विचार विकास व्यवस्थापन) भन्ने किताब पनि लेखेको छु । साभार -motivatenews