यी हुन् फलको राजा आँपको फाइदाहरु

काठमाडौं – यी हुन् फलको राजाका रुपमा मानिने आँपका धेरै गुणहरु , धेरै लाई थाहा नहुन सक्छ आँपका यी फाइदाहरु :

१ क्यान्सरबाट बचाउछ
आँपमा रहेको एटिऑक्सीडेंट कोलोन क्यान्सर,ल्यूकेमिया र प्रोस्टेट क्यान्सरबाट बच्न मद्दत गर्दछ । यसमा क्यूर्सेटिन,एस्ट्रागालिन र फिसेटिन जस्ता कइन तत्वहरु हुने गर्दछ,जसको कारण क्यान्सरबाट बच्न मद्दत गर्दछ ।

२ आँखामा सधै चमक रहन्छ
आँपमा भिटामिन ए कोमात्रा धेरै हुनेहुदा आँखालाई फाइदा पुर्याउछ। भिटामिन ए कै कारण आँखाको रोशनी तेज हुने गर्दछ।

३ कोलेस्ट्रोल नियमित राख्दछ
आँपमा फाइबर र भिटामिन सी धेरै मात्रा हुने हुदा शरीरमा रहेका खराब कोलस्ट्रोललाई सन्तुल राख्न मद्दत गर्दछ ।

४ छालाको लागि फाइदाकर हुन्छ
आँपको गुदीको प्याक लगाउनले वा अनुहारमा लगाउनाले अनुहारमा निखार आउछ र भिटामिन सी को कमीबाट बचाउछ।

५ पाचन क्रीयालाई ठिक राख्दछ
आँपमा धेरै मात्रामा एजाइम्स हुन्छ ,जसले शरीरमा बडीमात्रामा रहेका प्रोटीनलाई हटाउने काम गर्दछ । यसले खानालाई छिटो पचाउछ र साइर्टिक एसिड, टरटैरिक एसिडले शरीरमा भएको क्षारीय तत्तो लाई सन्तुलनमा राख्दछ ।

६ मोटोपन घटाउन मद्दत गर्दछ
मोटोपन घटाउन आँपको गुदीमा रहेको रेशाले शरीरको बोसो कम गर्दछ । आँप खाए पछि भोक कम लाग्दछ ।

७ रोग प्रतिरोधक क्षमता बढाउछ
आँप खानाले शरीरमा रोग-प्रतिरोधक क्षमता बढ्दछ ।

८ सेक्स क्षमता बढाउछ
आँपमा भिटामिन ई अधिक मात्रामा पाइन्छ हुनाले यसले सेक्स क्षमता बढाउछ।

९ स्मरण शक्ति बढाउछ
मानिसमा भुल्ने बिरामी छ, भने आँपको सेवन गर्नाले फाइदा हुन्छ। यसमा पाइने ग्लूटामिनएसिडनामक एकतत्वस्मरणशक्तिलाई बढाउ उत्प्रेरकको काम गर्दछ साथै यसले रक्त कोशिकालाई सक्रिय पर्ने काम गर्दछ ।

१० गर्मीबाट बच्न
गर्मीमा आँपको जुस खानाले लु बाट बच्न मद्दत गर्दछ ।आँपको जुसले गर्मीमा शरीरमा पानीको सन्तुलन बनाई राख्दछ तेसैले आँपको जुसलाई गर्मीमा उतम जुस मानिन्छ ।