वैदेशिक रोजगार व्यवसायी सङ्घमा ढकाल निर्वाचित

असार १८, काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा विमल ढकाल निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणनाअनुसार उनले २३७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सरोजकुमार पोखरेलले २१३ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट ढकालले उम्मेदवारी दिएका थिए ।

त्यसैगरी सङ्घको प्रथम उपाध्यक्षमा कुमुद खनाल, द्वितीय उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, तृतीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, महासचिवमा रोहण गुरुङ, सचिवमा राजेन्द्र भण्डारी र कोषाध्यक्षमा प्रतीमा महर्जन निर्वाचित भएका छन् । अध्यक्ष, प्रथम उपाध्यक्ष र कोषाध्यक्षमा लोकतान्त्रिक समूह विजयी भएको छ भने बाँकी पदाधिकारीमा प्रगतिशील समूह निर्वाचित भएको छ ।