बिहानै काठमाडौं उपत्यकामा भूकम्पको झट्का

असार २, काठमाडौँ – बुधबार बिहान काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

बिहान ५ बजेर ५९ मिनेटमा काठमाडौंको कीर्तिपुर केन्द्रबिन्दु भएको ४।४ म्याग्निच्यूडको कम्पनले करिब ३ सेकेन्डसम्म हल्लाएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

त्यसैगरी बिहानै ६ बजेर १६ मिनेटमा पनि अर्को भूकम्पको धक्का महसुस भएको छ।
यसअघि मंगलबार राति दोलखा केन्द्रबिन्दु भएको भुकम्पको धक्का महसुस भएको थियो । मंगलबार राति ९ बजेर ५६ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४।१ म्याग्निच्यूटको भूकम्प गएको थियो ।
त्यसअघि सोमबार दिउँसो ३ बजेर ५२ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएको भूकम्प गएको थियो ।
वैशाख १२ को शक्तिशाली भूकम्पयता हालसम्म ३ सय ५० वटा बढी ४ म्याग्निच्यूडका भूकम्पका धक्का महसुस भइसकेका छन् ।