खेलमा मेक्सिको र बोलिभियाले गोलरहित बराबरी

जेष्ठ ३०, कठमाण्डौ – चिलीमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत सम्पन्न समूह ए को दोस्रो खेलमा मेक्सिको र बोलिभियाले गोलरहित बराबरी

चिलीमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत अहिले विहान सम्पन्न समूह ए को दोस्रो खेलमा मेक्सिको र बोलिभियाले गोलरहित बराबरी खेलेका छन् ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले प्राप्त अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । बोलिभियाले एक पटक प्रतियोगिताको उपाधि जितेको छ भने मेक्सिकोले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
यसअघि हिजो भएको खेलमा आयोजक राष्ट्र चिलीले इक्वेडरलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियो । प्रतियोगिता अन्तर्गत शनिवार राति पौने एक बजे १५ पटकको उपाधि बिजेता उरुग्वेले जमैकाको सामना गर्दै छ ।
यस्तै, आइतबार बिहान सवा ३ बजे हुने खेलमा १४ पटकको बिजेता अर्जे्न्टिनाले २ पटकको बिजेता पाराग्वेको सामना गर्दै छ ।
२२ बर्ष देखि उपाधि जित्न नसकेको लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जे्न्टिनालाई उपाधि दाबेदारको रुपमा हेरिएको छ । उता उरुग्वेलाई भने आफ्ना स्टार स्ट्राइकर लुइस सुवारेजको अभाव खड्किन सक्छ । गत बर्ष ब्राजिलमा सम्पन्न बिश्वकप फुटबल अन्तर्गत इटालीबिरुद्धको खेलमा इटालीका डिफेन्डर केलिनीलाई टोकेपछि प्रतिबन्धमा परेका स्वारेजले प्रतियोगिताको सबै खेल गुमाउने छन् ।