राष्ट्रपति बराक ओबामा प्रशासनले पेश गरेको एक विधेयकलाई अस्विकार

जेष्ठ ३०, कठमाण्डौ – अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति बराक ओबामा प्रशासनले पेश गरेको एक विधेयकलाई अस्विकार गरिदिएको छ ।

निकै महत्वपूर्ण मानिएको ट्रेड बिललाई सभाले अस्विकार गरेको हो । विधेयकको आफ्नै पार्टी डेमोक्रेट्सका सांसदहरुले समेत विरोध गरेका थिए । विधेयक पारित गर्न राष्ट्रपति ओबामाले गरेको दौडधूप पनि निरर्थक बनेको छ ।
विधेयक पारित भएको भए ओबामाले विश्वस्तरमा यसमार्फत् निकै ठूलो र महत्वपूर्ण आर्थिक सम्झौता गर्नसक्ने जसलाई कांग्रेसले समेत परिवर्तन गर्न नसक्ने बताइएको थियो ।
डेमोक्रेट नेता न्यान्सी पेलोसीले नै ओबामाको आग्रहलाई अस्विकार गरेका हुन् । सदनबाट विधेयक अस्विकृत गरिनुलाई ओबामाको कार्यकाल अन्त्यका रुपमा समेत ब्याख्या गर्न थालिएको छ ।