पद्मसुन्दर लावतीको अन्त्येष्टी पनि आज हुदै

जेष्ठ ३०, कठमाण्डौ – पूर्वमन्त्री एंव राप्रपा नेपाल समानान्तर केन्द्रीय कार्यसमितिका अध्यक्ष पद्मसुन्दर लावतीका अन्त्येष्टी पनि आज हुदै छ ।

बुधबार उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएका उहाँको आज अन्त्येटि गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ ।
लावतीका सहयोगी कृष्ण खनालका अनुसार पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि खुलामञ्चमा विहान ७ देखि ९ बजेसम्म राखिने छ भने १० बजेदेखि १२ बजेसम्म ग्वार्को्स्थित निवास र त्यहाँ धार्मिक तथा परम्पारिक विधी सम्पन्न गरिएपछि दिउँसो १ बजे पशुपति आर्यघाटमा दाहसंस्कार हुने छ ।
राप्रपा नेपालका संस्थापक नेता समेत रहेका स्व लावतीले केहि महिना पहिलेमात्रै अध्यक्ष कमल थापासँग विवाद बढेपछि समानान्तर पार्टी चलाउँनु भएको थियो ।