कोपा अमेरिकामा चिलीको सुखद सुरुवात,इक्वेयरलाई २-० ले पराजित

जेष्ठ २९, कठमाण्डौ – कोपा अमेरिका फुटबलमा आयोजक चिलीले विजयी सुरुवात गरेको छ । शुक्रबार विहान भएको उद्घाटन खेलमा १० खेलाडीमा सिमित चिलीले इक्वेयरलाई २-० ले पराजित गरेको छ । चिलीले दुबै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ६७ औं मिनेटमा भिडाललाई लडाएपछि घरेलु टोलीले पेनाल्टी पायो । इटालियन क्लब युभेन्टसबाट व्यवसायीयक फुटबल खेल्ने भिडालले सहजै गोल गर्दै चिलीलाई सुरुवाति अग्रता दिलाए ।
खेलको ८४ औं मिनेटमा भागासले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे । खेलको अन्तिम मिनेटमा माटिज फन्र्नान्डेजले दोस्रो पहेँलो काडसँगै रातो कार्ड पाएपछि चिली १० खेलाडीमा सिमित भएको थियो ।
कोपा अमेरिकाको ९९ वर्षको इतिहासमा चिलीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । सन् १९८७ मा उपविजेता बनेता बनेको चिलीलाई यो पटक भने अर्जेन्टिना र ब्राजिलपछिको उपाधि दावेदारका रुपमा हेरिएको छ ।