“बुद्धका आखा हेर” गीतको म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

जेठ, काठमाडौं – बुद्धका आखा हेर शालिन छन अझै, बोलको गीतको म्युजिक भिडियो राजधानीको ववरमहल स्थित आर्ट काउन्सिलमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी म्युजीक भिडियो सार्वजनिक गरीएको हो । सार्वजनिक गरिएको गीतमा पत्रकार मधु शाहीको शब्द रहेको छ भने आवाज ज्योती प्रकास र जुना प्रसाईको रहेको छ त्यस्तै संगीत पनि ज्योति प्रकास कै रहेको छ ।

बरिष्ट संगीतकार तथा नेपालका पहिलो म्युजिक भिडियो डाईरेक्टर शम्भुजित बासकोटाले भिडियोको बिमोचन गरेका हुन् । त्यस्तै संचारकर्मी अर्जुन के आरले पहिलो पटक निर्देशन गरेको ‘बुद्धको आँखा हेर’ बोलको म्यूजिक भिडियोले नेपालीलाई एक भएर अगाडि बढ्न आग्रह गरेको छ । बिहिबार सार्वजनिक गरिएको भिडियोमा सुरविर पण्डितलाई मुख्य कलाकारको रुपमा देखाइएको छ ।

साथमा उनलाई दिपकराज गिरी, दीपाश्री निरौला, झरना थापा, जितु नेपाल, निर्मल शर्मा लगायतका कलाकारले साथ दिएका छन् । नेपाली सबै एक भएको खण्डा यो देशलाई भने अगाडि लम्काउन सकिने सन्देश भिडियोबाट दिन खोजिएको छ ।
कमल प्रसाइको छायांकन रहेको यो गीतको भिडियोलाई अर्जुनले नयाँ शैलीबाट निर्माण गरेका छन् । भिडियोको निर्देशन पक्षलाई उत्कृष्ट मान्न सकिन्छ ।

म्युजिक भिडियो