माथिलो तामाकोसि जलविद्युत आयोजनको सेयर बाँडफाँट आजबाट शुरु

जेष्ठ २९, कठमाण्डौ – माथिलो तामाकोसि जलविद्युत आयोजनको सेयर बाँडफाँट आजबाट सुरु हुने भएको छ । ६० दिन भित्र बाँडी सक्नु पर्ने सेउर नेपाल धितो पत्र बोर्डले अनुमति नदिँदा ढिलाई भएको हो । जेष्ठ १४ गते भित्र बाँडफाँट भै सक्नु पर्ने सेयर तोकीएको सयम सकिएको १५ दिन पछि बाँडन सुरु भएको छ ।

विद्यमान दर्ता तथा निष्कासन नियमावलीमा विवरणपत्रमा उल्लेख भएका सबै समूहको सेयर एकैपटक वितरण गर्नुपर्ने व्यवस्था छ । तर, अपर तामाकोसीले एउटै विवरणपत्रमार्फत स्थानीयवासी र ऋण दिने संस्थाका कर्मचारीलाई सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।