प्रकृति संग साक्षात्कारः पदयात्रा कार्यक्रम हुर्दै

चैत्र २३  ,काठमाडौं- प्रदुषणबाट बच्न, शारीरिक तथा मानसिक स्वच्छता बढाउन, प्राकृतिक सम्पदाको प्रत्यक्ष अनुभव संंगाल्न तथा वातावरणीय प्रदुषण र यसले पारेको प्रभावको बारेमा जानकारी पाउनको लागि दुई दिने पदयात्रा कार्यक्रम आयोजना हुन लागेको छ । काठमाडौं देखि नुवाकोट सम्मको पदयात्राकार्यक्रम दुईदिनको रहने छ । चैत्र २७ गते शुक्रबार बिहान काठमाडौं देखि नुवाकोट सम्म बसमा यात्रा गरिनेछ । पदयात्राको पहिलो दिन नुवाकोटमा सरकारी प्रतिनिधी तथा स्थानीय बुद्धिजिविहरु संग पदयात्राको बारेमा अन्र्तक्रिया तथा वातावरणीय प्रभावको बारेमा बृत्तचित्र प्रर्दशनी गरिने छ । कार्यक्रमको दोश्रो दिन बिहान नुवाकोटको बट्टारबाट ऐतिहासिक क्षेत्र नुवाकोट दरबार सम्म पदयात्रा गरिने छ । र त्यसै दिन बेलुका काठमाडौं फर्किने कार्यक्रम रहेको कुरा आयोजक संस्थाका अध्यक्ष गोविन्द खड्काले बताउँनु भयो ।

कार्यक्रम सफल पार्नको लागि United Traders Syndicate Pvt. Ltd. (TOYOTA) Sinnamangal, Kathmandu  Gandaki  Freight international P ltd (CSA for Air Asia Cargo),  Royal Express Cargo Service P Ltd, Prathiva Multipurpose Co operative  Ltd, Thasikhel -14, Lalitpur, Peoples Dental college and Hospital Nayabazar , ले आंशिक आर्थिक सहयोग प्रदान गरेका छन् । कार्यक्रम सिर्जनशिल सञ्चार मञ्चको आयोजना गरेको हो ।