छैंटौ हेमजा आलु महोत्सव आजदेखि

चैत्र २३ , कास्की – सुन्दर ठाँउ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नाराकासाथ कास्कीको हेम्जामा आजबाट आलु महोत्सव हुँदैछ ।

महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक समितिका संयोजक रमेश कार्कीले जानकारी दिनुभयो । महोत्सव चैत्र २९ गतेसम्मा चल्ने छ । हेम्जालाई व्यसायिक कृषि ठाँउकै रुपमा परिचित गराउँदै विविध कृषि उत्पादनको प्रर्वद्धन तथा कृषि पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताइएको छ । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शन, आलुको ठुलो पहाड, आलुका विभिन्न परिकार, बाल उद्यान, विविध साँस्कृति कार्यक्रम, लोक दोहोरी, झाँकी प्रदर्शनी, नृत्य प्रतियोगिता, हास्यकलाकारको प्रस्तुती लगायत रहेको जनाइएको छ ।