‘मेड इन नेपाल’ चैत्र २७ देखि

चैत्र २३ , काठमाडौं- स्वदेशमा उत्पादित सामग्रीको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना हुन लागेको पाँचौ ‘मेड इन नेपाल’ प्रदर्शनीको तयारी पुरा भएको आयोजकले जनाएको छ ।हाम्रो पनि राम्रो पनि भन्ने नाराका साथ आगामी चैत्र २७ देखि ३० गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा मेला हुन लागेको हो । नेपाली वस्तु तथा सेवालाई नेपालीले आफ्नो सम्झेर प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन प्रदर्शनी गर्न लागिएको मंचका अध्यक्ष सुदर्शन बस्नेतले बताउनुभयो ।

मेलाले स्वदेशी वस्तुको प्रयोग गरी आयात प्रतिस्थापनमा सहयोग गर्ने विश्वास मंचको छ ।प्रदर्शनीमा नेपाली वस्तु उत्पादन, साना तथा घरेलु उद्योग, हस्तकला उद्योगको सहभागिता रहने मंचले जनाएको छ । चार दिनसम्म चल्ने मेलामा १ सय ३० वटा स्टल रहने जनाइएको छ ।स्वदेशी सामानको अधिकतम प्रयोग नभएसम्म मुलुकले आथिर्थ विकास गर्न नसक्ने भन्दै मंचले आगामी मे महिनामा युवा उद्यमी सम्मेलन पनि गर्ने जनाएको छ ।