आन्दोलनका कार्यक्रम फिर्ता लिन एमाओवादीलाई गृहमन्त्रीको आग्रह

चैत्र १३ , काठमाण्डौं – उपप्रधानमन्त्री एंव गृहमन्त्री बामदेव गौतमले एकीकृत नेकपा माओवादीले घोषणा गरेको आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गर्नुभएको छ ।गृहमन्त्री गौतमले आज एक विज्ञप्ति निकालेर गौतमले दलबीच बढेको दुरीले मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने भएकाले आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गर्नुभएको हो ।सहमति र सहकार्यबाट नै देशले निकास पाउने भन्दै गृहमन्त्री गौतमले वार्ता र संवादबाट नै सहमति गर्न सबैलाई आग्रह गर्नुभएको हो ।