श्रमजीवि पत्रकार ऐन लागु गराएरै छाड्छौं – अध्यक्ष बिष्ट

चैत्र १३ , काठमाण्डौं— नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र बिष्टले श्रमजीवि पत्रकार ऐनलाई कार्यान्वयन गराएरै छाड्ने बताउनुभएको छ ।पत्रकार महासंघको मध्यमाञ्चल क्षेत्र स्तरीय भेलालाई चितवनमा सम्बोधन गर्दै अध्यक्ष बिष्टले ऐन लागु गराउन महासंघले सरकार मार्फत मिडिया सञ्चालकलाई दबाब दिइरहेको बताउनुभयो ।समयमै मिडिया सञ्चालकले ऐन कार्यान्वयन नगरेमा आन्दोलनमा गर्न महासंघ बाध्य हुने उहाँको भनाई छ ।

चरणबद्ध रुपमा ऐन कार्यान्वयनको प्रकृयामा चलिरहेकाले कारण केही ढिला भए जस्तो देखिएतापनि ऐन कार्र्यान्वयन भएरै छाड्ने उहाँले बताउनुभयो ।उहाँले ऐन कार्यान्वयनका लागि ढिलाई गरेमा महासंघ अदालतसम्म पुग्ने बताउनुभयो । संसदीय समितिले समेत ऐन लागु गर्न गराउन सरकारलाई निर्देशन गरिसकेकाले महासंघ पर्ख र हेरको अवस्थमा रहेको अध्यक्ष बिष्टले बताउनुभयो ।१६ जिल्लाका अध्यक्ष, सचिव र कोषध्यक्षको भेलामा महासंघले पर्साका अग्रज पत्रकार प्रेस काउन्सीलका सदस्य चन्द्रकिशोर झा र चितवनका अग्रज पत्रकार गणशेखर शर्मालाई सम्मान समेत गरिएको छ ।