फरक ढंगबाट सार्थक छलफल गर : नागरिक अगुवा

चैत ८,काठमाडौँ-नागरिक अगुवाहरुले दलहरुको विचमा सार्थक सहमतिका लागि अहिलेसम्म हुँदै आएका भन्दा फरक ढङगबाट छलफल र संबाद हुनपर्ने जोड दिएका छन् । राजनितिक दलभन्दा बाहिरका विज्ञ व्यक्तिलाई साथमा राखेर शिर्ष नेताहरुले ईमान्दारी र जिम्मेवारि पुर्वक छलफल गरेर ठोस निकास निस्किने अगुवाहरुले ठहर गरेका छन् ।

आज विज्ञप्ती जारी गर्दे नागरिक अगुवाहरुले संविधानसभामा सहभागी सवै दल मिलेर संविधानसभाबाटै संविधान जारी गनुर्को बिकल्प नभएकोले तत्काल सार्थक छलफलमा जुट्न दलहरुलाई आग्रह पनि गरेका छन् । नागरिक अग”वा चरण प्रसाईद्धारा हस्ताक्षरित विज्ञप्तीमा अहिलेसम्म ह”दै आएका परम्परागत छलफलले मात्रै निकास निकाल्न नसकेकोले पारदर्शी र लचकतायुक्त छलफलको आवश्यकता रहेको उल्लेख गरिएको छ ।