मलेसियाका पूर्वाधार विशेष दूत सोमबार नेपाल आउँदै

चैत ९ , काठमाडौँ-  सडक, विमानस्थललगायत भौतिक पूर्वाधार निर्माणमा मलेसियाली लगानीका सम्भावनाबारे उच्च सरकारी अधिकारीहरूसँग छलफल गर्न दक्षिण एसियाका लागि मलेसियाका पूर्वाधार विशेष दूत एस सामी भेलु नेपालको पाँचदिने भ्रमणमा आज राजधानी आउभ्दै छन् । भ्रमणका क्रममा प्रधानमन्त्री सुशील कोइराला, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिलगायतसँग भेटवार्ताका निम्ति विशेष दूतले अनुरोध गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ